२०८२ कार्तिक २८
November 14, 2025, Friday

नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित पक्राउ

नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित दाङ तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
मन्त्री सुधा गौतमले रुँदै भनिन् : जेनजी आन्दोलन व्यर्थ नजाओस्
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)...

जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुनः सञ्चालनमा आउन एक वर्ष लाग्ने
जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुनः सञ्चालनमा आउन एक वर्ष लाग्ने
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन संवाददाता कात्तिक १०, काठमाण्डौं पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा...

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी
नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी
  • २०७७ चैत्र २२

कोशीपारी अनलाइन संवाददाता कात्तिक ७, काठमाण्डौं गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ...

TOP