काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले सुप्रमा ईप्रमा अन्तरास्ट्रिय पुरस्कार २०२५ का लागि प्राप्त पुस्तकहरूबाट सर्वोत्कृष्ट १० पुस्तक सार्वजनिक गरेको छ ।
च्याप्टरले श्रीधर खनालको उपन्यास ‘सावर्णि’, ठाकुर बेलवासेको कविता कृति ‘चोटहरूको उत्सव’जीत बुढाथोकीको मुक्तककृति ‘यानीमाया’ , लालगोपाल सुवेदीको कवपताकृति ‘अनि प्रतीत्य समुत्पाद शून्य शून्य महाशून्य’, सूर्य खड्का विखर्चीको खण्डकाव्य ‘अर्जुन उलूपी’,डा.राजकुमार छेत्री भूमिकाकृति ‘अक्षरका आयाम’ , सुमन थापा संगम ‘अभ्युदय’, सबी श्रेष्ठ ‘अपरिभाषित आभा’, खगेन्द्र कोपिला नियात्राकृति ‘पर्जन्य मासूर बिजय हितान कविताकृति ‘मलाई आर्यघाट लगेर नजलाउनु’लाई सर्वोत्कृष्ट कृतिका रूपमा सार्वजनिक गरेको हो ।
पुरस्कार समितिका संयोजक डा. रूपक श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ यी १० मध्ये एक सर्वोत्कृष्ट कृतिको घोषणा अगष्ट ५ मा गरिने छ ।पुरस्कृत कृतिका स्रष्टालाई भानु ईश्वर जयन्तीका अवसरमा बेलायतमा सम्पन्न हुने एक कार्यक्रममा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...