२०८२ कार्तिक २८
November 14, 2025, Friday

बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ सार्वजनिक

काठमाडौँ ।प्रतिष्ठित उद्यमी तथा साहित्यकार बसन्त चौधरीको पहिलो उपन्यास ‘देवयानी’ एक समारोहबीच बुधबार सार्वजनिक भएको छ ।

ललितपुरको पुल्चोकमा आयोजित समारोहमा कृतिको डिजिटल सार्वजनिकीकरण भयो।कुनैपनि अतिथि बिना गरिएको उक्त कार्यक्रममा उमा सुवेदी,अमर न्यौपाने,वविता बस्नेत,विश्वविमोहन श्रेष्ठ र कुमारी लामाले देवयानीप्रति डिजिटल रुपमै टिप्पणी गरेका थिए ।उनीहरुले बैवाहिक सम्बन्धको वरिपरि उपन्यास घुमेको वताए । वर्तमान समाजको यथार्थ चित्रलाई उपन्यासले चित्रण गरेको कुरामा उनीहरुले जोड दिए ।

पात्रहरु शक्तिशाली रुपमा उपस्थित गराएर प्रेमका विभिन्न आयामहरुमा उपन्यास लेखिएको भन्दै उनीहरुले नारी मनोविनोदलाई शक्तिशाली रुपमा ल्याएको बताए ।कार्यक्रममा चर्चित रंगमञ्चकर्मी दिव्यदेवले उपन्यासकार चौधरीसँग साक्षात्कार गरेका थिए उक्त कार्यक्रममा एक प्रश्नको उत्तरमा चौधरीले पाँच दशक लामो लेखनीमा पहिलो उपन्यास दुई वर्ष लगाएर लेखेको रहस्य खोले । उनले छोटा कथाहरु लेखेको अनुभवले उपन्यासको कथाको प्लट तयार पार्न सजिलो भएको बताए ।

उनले आफुले अहिलेसम्म इमान्दार भएर कलम चलाएको बताए ।लेखनीको मूख्य विषय प्रेम नै किन भन्ने प्रश्नमा उपन्यासकार चौधरीले भने- ‘अनादीकालदेखि अहिलेसम्म स्थीर केही छ भने त्यो प्रेम हो । यसैले मैले प्रेमलाई सिर्जनामा रुपान्तरित गरेको हुँ । उपन्यासको कथा बारे सोधिएको प्रश्नमा चौधरीले हरेक लेखकले आफ्नो वरिपरि नियाली रहेको हुन्छ देखेका,सुनेका र आफ्ना भोगाइहरुको समिश्रणबाट कृति तयार हुन्छ । तर यो चाहिं फिक्सन मात्र हो ।’कार्यक्रममा प्रकाशकको तर्फबाट आन्विका गिरीले चौधरी मार्फत नेपाली समाजका छट्पटाहट बोलिएको बताइन् ।
दर्जनौं विभिन्न विधाका कृति प्रकाशन गरिसकेका उपन्यासकार चौधरीको ‘देवयानी’लाई साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ असार ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ असार ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ असार ५

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP