काठमाडौं। साहित्यकार राधादेवी राजवंशीका दुई कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा राजवंशीको ‘छोरीको साहास’ कथासङ्ग्रह तथा ‘अनुभूतिका लहरहरु’ कविता सङ्ग्रहमाथि परिचर्चा सम्पन्न भएको हो ।कथाकृतिमाथि दिपक लोहनीले परिचर्चा गर्दै २२ वटा विभिन्न शिर्षकका कथाहरु समेटिएका छोटा कथाहरु रहेको कृतिले मान्छेभित्रका मानसिकताहरु उजागर गरेको बताए । उनले कथामा शैक्षिक,सामाजिक,साँस्कृतिक विविधतालाई आधार मानेर लेखिएका विषयवस्तु भएको बताए । उनले भने-“प्रायःकथाहरु सामाजिक यथार्थवादी धार समाएर लेखिएका छन्।” उनले कथाकारले अझै बढी मिहेनत गर्नुपर्नेमा जोड दिए ।
अर्का चर्चाकार ध्रुर्वराज थापाले भने- “राजवंशीका कथाहरुले समाजका विसङ्गतिहरु बोध गर्ने कथाहरु रहेका छन् । भोगाइलाई कथाको रुप दिएजस्तो लाग्छ। कथाहरु पाठकका आफ्नै विषयजस्तो भान पर्छ।”
यसैगरी प्रा.डा.शैलेन्दु प्रकाश नेपालले राजवंशीको कविताकृतिमाथि टिप्पणी गर्दै कृतिमा तीन प्रकारका कविताहरु आफुले पाएको बताए । कविता,बालकविता र भजनहरु गरी जम्मा ५० थान कविताहरु समावेश कृतिमा प्रायःअनुभूतिप्रधान कविताहरु रहेको बताए।
सर्जक राधादेवी राजवंशीले आफ्नो लेखन गर्भको बारेमा बताउँदै चार दशकको शिक्षण पेशाबाट निवृत्त भएपछि लेख्ने हुटहुटी जागेको जानकारी दिइन् ।कार्यक्रममा प्रा.डा.गार्गी शर्मा,श्रीओम श्रेष्ठ ‘रोदन’,राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा कोषाध्यक्ष तारा केसीको सञ्चालनमा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...