२१ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौ – २ सातासम्म रोकिएको नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ । शोका निर्देशक लक्ष्मण पौडेलले आजबाट निर्धारित समयमा नै शो प्रशारण हुन जानकारी दिए । लक्ष्मणले भने–‘हामीले यो साता र आउँदा साताको शुक्रबार नकआउट राउण्ड प्रशारण गर्दछौं । तर, २ साता शनिबार भने नकआउट राउण्डका नयाँ भागहरु प्रशारण हुने छैनन् । २ सातासम्म शनिबार भने रिभ्यू सेसन प्रशारण हुनेछ । त्यसपछि भने शुक्रबार र शनिबार नै नकआउट चरणका भागहरु प्रशारण हुनेछन् । २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।
यो शोका ३ जना कोच र केही प्रतिस्पर्धीहरुलाई कोरोना संक्रमण भएपछि शो नै प्रभावित भएको थियो ।
कोचत्रय प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । जसमध्ये, प्रमोद र तृष्णा कोरोनामुक्त भैसकेका छन् । दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुँदै आएको छ । आज बेलुकी प्रशारण हुने भागमा नकआउट चरण अन्र्तगत प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
कोशीपारी अनलाइन सम्पदकीय फागुन २३, काठमाण्डौं नेपालको पछिल्लो निर्वाचन परिणामले देशको राजनीतिक परिदृश्यलाई नयाँ मोडमा ल्याइदिएको छ। प्रारम्भिक मत परिणाम...
कोशीपारी अनलाइन फागुन २३, काठमाण्डौं हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा...
कोशीपारी अनलाइन फागुन २३, काठमाण्डौं हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा...