२०८२ फाल्गुन ४
February 16, 2026, Monday

बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ अष्टसाहश्रिका प्रज्ञा पारमिता सार्वजनिक

बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ अष्टसाहश्रिका प्रज्ञा पारमिता सार्वजनिक

बौद्ध धर्मको महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको भोट र संस्कृत भाषामा रहेको अष्टसाहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । करिब ३ वर्षदेखि सबै प्रकारका प्रज्ञा पारमितालाई नेपालीमा अनुवाद गरिरहेको बुचवचन अनुवाद समितिले ८ हजार श्लोकको अष्टसाहश्रिका शनिवार काठमाडौँको बौद्धमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको हो ।

भोट भाषामा ग्येतोङ्पा भनिने अष्टसाहश्रिका पारमिता श्रद्धेय अवतारी लोसाङ नाम्ग्याल रिन्पोछेले सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा पूर्वमन्त्री कृपासुर शेर्पा लगायतका व्यक्तित्वहरु अतिथिका रुपमा सहभागि हुनुहुन्थ्यो ।

प्रज्ञा पारमितामा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । ग्रन्थमा आत्मा, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ । बौद्ध धर्मावलम्वीले शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिन्छन् ।

करीब तीन वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरू गरेको उक्त दस्तावेज ४०७ पृष्ठमा छ । विभिन्न सङ्घसंस्थाको शुभकामनाका साथै धार्मिक ज्ञानसम्बन्धी ३२ विषयलाई लिपिबद्ध गरिएको छ। कृतिमा आठ हजार श्लोक रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसाहश्रिका प्रज्ञा पारमिता भनिएको हो।समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले भोट भाषाबाट नेपाली भाषामा रूपान्तरण गर्ने कार्य चुनौतिपूर्ण रहेको भए पनि बौद्ध साहित्य तथा दर्शनलाई सरलरुपमा बुझाउन जतिसुकै चूनौतिपूर्ण कार्य भएपनि अनुवाद गरिएको बताए । समितिले २५ हजार श्लोकको पञ्चबिसंती र एक लाख श्लोक सतसाहश्रिका प्रज्ञा पारमितासमेत अनुवाद गरिरहेको छ । प्रज्ञा पारमिताका अन्य ग्रन्थहरुलाई पनि चाँडै सार्वजनिक गर्ने समितिका अध्यक्ष शेर्पाले बताउनु भयो ।

Related News

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन फागुन १, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड...

जापानमा सोनाम ल्होछार २०२६ कोअवसरमा ल्होछार सांगीतिक साँझ आयोजना हुँदै, तयारी पूरा
जापानमा सोनाम ल्होछार २०२६ कोअवसरमा ल्होछार सांगीतिक साँझ आयोजना हुँदै, तयारी पूरा
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन माघ ६ कावागुची, जापानसोनाम ल्होछार २०२६ को सुखद अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान को आयोजनामा भव्य ल्होछार...

जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
  • २०७७ चैत्र १७

कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...

TOP