काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमतिमा हस्ताक्षर भएको हो ।
सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएको थियो । सहमतिमा दुबै पक्षका वार्ता टोलीका संयोजक रामबहादुर थापा बादल र खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर भएपछि प्रधानमन्त्री र चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको अलग अलग वार्ता टोली गठन गरेका थिए ।
दुबै पक्ष देशको राजनीतिक समस्याहरु वार्ता र संवादमार्फत सहमत
नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाले गर्न सहमत
नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, जेलमा रहेका कार्यकर्ताको रिहा र मुद्दाहरु खारेज गर्न सहमत ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...