काठमाडौं। अमेरिकाको एक क्याथोलिक विद्यालयमा बुधबार भएको गोलीकान्डमा कम्तीमा दुई बालबालिकाको ज्यान गएको छ । यो घटना मिनेसोटाको मिनियापोलिसको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको हो । घटनामा १७ जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरूले आक्रमणकारीलाई पनि मारिएको बताएका छन् । गोली प्रहारको घटना एनुनसिएसन क्याथोलिक चर्चमा भएको थियो, जुन विद्यालयसँग जोडिएको छ । पुलिसले बन्दुकधारी २३ वर्षीय रोबिन वेस्टम्यानको रूपमा पहिचान गरेको छ, जसको कुनै पूवअपराधिक इतिहास थिएन ।
गोलीकान्डमा मृत्यु हुने बालबालिका आठ र दश वर्षका दुई बालबालिका भएको बताइएको छ । जसमा उनीहरू विद्यालय फर्किएको तेस्रो दिन मात्र भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चर्चको बाहिरबाट झ्यालको सिसा फोडेर विद्यालय प्रवेश गरेका २३ वर्षीय सन्दिग्धले तीनवटा बन्दुक चलाएका थिए।
उनले राइफल, पेस्तोल र सटगनबाट सामूहिक प्रार्थना सभामा गोली चलाएका थिए।सबै घाइतेहरूको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य सुधारोन्मुख रहेको छ।
गोली चलाउने युवक सोही विद्यालयका पूर्वविद्यार्थी रोबिन वेटम्यान रहेको खुलेको छ।
गोली चलाएपछि ती युवकले विद्यालयको पछाडिपट्टिको भागमा गएर आत्महत्या गरेका थिए। आत्महत्या गर्नुअघि उनले एउटा भिडिओ बनाएका थिए।
भिडिओमा आफू डिप्रेसनको शिकार भएको र पछिल्ला गोली काण्ड र आपराधिक आक्रमणप्रति आफू आकर्षित भएको भनेका छन्। उनले हतियारमा गोलीकाण्डका पछिल्ला घटनाहरूमा संलग्न आक्रमणकारीहरूको नाम पनि कोरेको पाइएको छ।
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...
कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...