२०८२ चैत्र ७
March 21, 2026, Saturday

आजदेखि भेरोसेल खोप लगाउन सुरु

आजदेखि भेरोसेल खोप लगाउन सुरु

 

काठमाडौं : सरकारले आजदेखि ११ दिनसम्म कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउने भएको छ। सरकारले चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप लगाउन लागेको हो ।

मन्त्रालयका अनुसार १४ असोजसम्म पहिलो मात्राको खोप लगाउन लागिएको हो । पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई ४ देखि १४ कार्तिकसम्म दोस्रो मात्रामा भेरोसेल खोप नै लगाइने मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउने जनाएको छ । यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका मानिसले पनि खोप लगाउन सक्ने मन्त्रालयले जानकारी दिएको छ । यस्तै बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्ष माथिकालाई पनि खोप लगाउने मनत्रालयले जनाएको छ । यस्तै रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्ष उमेर समूहका नागरिकलाई पनि कोरोनाविरूद्ध खोप दिने सरकारको तयारी रहेको मन्त्रायले जनाएको छ ।

 

Related News

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने...

आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
आजको मौसम : पहाडी भूभागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...

राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र २, काठमाण्डौं सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

TOP